पाल्पाको कालीगण्डकी नदीमा डुबेका एक युवकको शव फेला, एक वेपत्ता


पाल्पा– कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। पाल्पाको बगनासकाली गाउँपालिका–७, देउलाटाँडस्थित कालीगण्डकी नदीमा स्थानीय ३१ वर्षीय शरण भुसाल र १९ वर्षीय तोयनाथ बस्याल नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
हिजो साँझ घटनापछि तत्कालै प्रहरी टोली खटिएर खोजी कार्य सुरु गरिएको थियो। सोही क्रममा आज बिहान कालीगण्डकी नदीको बीच भागमा बगनासकाली गाउँपालिका–१, चापपानीका १९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमबहादुर चौधरीले बताए ।
अर्का बेपत्ता भएका शरण भुसालको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिकृया दिनुहोस्