रूपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी बस्तुगत समिति गठन


बुटवल– रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरिएको छ । संघमा आवद्ध खाद्यान्न उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत समिति गठन गरेको हो । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता एवं संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु एवं खाद्यान्न उद्योगीहरुको उपस्थितीमा भेला सम्पन्न भएको होे ।
खाद्यान्न उद्योगीहरुको भेलाबाट बुटवल रारा मसलाका संचालक दीपक भुसालकोे संयोजकत्वमा ५ सदस्यीय वस्तुगत समिति गठन गरिएको छ । गठित समितिको सह–संयोजकमा एक्वा आइस उद्योगका बाबुराम कंडेल, सचिवमा शुभलाभ अचार उद्योगकी कमला कुवँर केसी तथा सदस्यहरुमा बसन्ती अचार उद्योगकी बसन्ती खत्री र स्नेहा कन्फेक्सनरी उद्योगका सुनिल जैसवाल छन् । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, कोषाध्यक्ष बिशाल बेलवासे, महिला सचिव मन्जु भुसाल, कार्यसमिति सदस्य रमेशप्रसाद आचार्य र बोलबम फुड प्रोडक्टका देवीराम पाण्डेलाई चयन गरेको छ ।
त्यसैगरी कृषि तथा डेरी उद्योगीहरुको भेलाले यूनाइटेड पोल्टी फर्म उद्योगका संचालक प्रेमहरी तिमिल्सिनाको संयोजकत्वमा ५ सदस्यीय वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजक सगुन डेरी उद्योगका हरी देवकोटा, सचिवमा सैनामैना पोल्टी फर्मका लोकनाथ खनाल एवं सदस्यहरुमा अनु पशुपालनकी मिना क्षेत्री र गायत्री डेरी उद्योगका यम बहादुर खत्री छन् ।








प्रतिकृया दिनुहोस्