July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

इप्रका मझगाँवाद्वारा ५ लाख ३५ हजारका अवैध डिजेका सामान बरामद

Advertisement

भैरहवा– रुपन्देहीको कोटहीमाई गाउँपालिका–३, त्रिलोकपुर क्षेत्रबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएको लाखौँ मूल्य बराबरको विद्युतीय सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, मझगाँवाका प्रहरी सहायक निरीक्षक बिष्णुबहादुर थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले सोमबार उक्त सामान बरामद गरेको हो ।

Advertisement

प्रहरीले भारतबाट नेपालतर्फ लुकाइछिपाइ ल्याउँदै गरेको डिजे प्लस स्पिकर ४ थान, डिजे लाइट ८ थान र लेजर राय स्ट्रिम ५० थान बरामद गरेको हो । बरामद सामग्रीको अनुमानित मूल्य ५ लाख ३५ हजार बराबर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई देख्नासाथ सामान ल्याएर आएका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।