लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपाले पायो काँग्रेस–एमाले भन्दा तेब्बर बढी मत


भैरहवा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ लुम्बिनी प्रदेशका १२ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले सर्वाधिक मत ल्याएको छ । राष्ट्रिय पार्टी बनेका ६ दलमा रास्वपा पहिलो बन्दा एमाले काँग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो, राप्रपा पाँचौ र श्रम संस्कृति पार्टी छैटौं भएका छन् ।
प्रदेशका १२ जिल्लामा २६ निर्वाचन क्षेत्र छन् । प्रत्यक्षतर्फ २१ क्षेत्रमा रास्वपाले जित्दा काँग्रेस–नेकपाले २–२ र एमालेले एक क्षेत्रमा जित निकालेका छन् । रोल्पा र रुकुम पूर्वमा नेकपा समानुपातिकतर्फ पहिलो दल बन्दा अन्य सबै जिल्लामा रास्वपा पहिलो पार्टी बनेको छ । समानुपातिकमा लुम्बिनी प्रदेशमा रास्वपाले ९ लाख २८ हजार ३५२ मत पाएको छ । यस्तै, प्रदेशमा दोस्रो ठूलो दल बनेको काँग्रेसले ३ लाख ५ हजार ६८९, तेस्रो दल बनेको एमालेले २ लाख ९६ हजार ५१३, चौथो दल भएको नेकपाले १ लाख ५७ हजार ९७१ मत पाएको छ । यसैगरी प्रदेशमा पाँचौ ठूलो दल बनेको राप्रपाले समानुपातिकतर्फ ८० हजार ३ मत ल्याउँदा श्रम संस्कृति पार्टीले २३ हजार ५०३ मत ल्याएको छ ।
समानुपातिकमा कुन जिल्लामा कुन दलले कति मत पाए ?
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा रास्वपाले २ लाख ४२ हजार ४०२ मत पाएको छ । जिल्लामा नेपाली कांग्रेसले ५१ हजार ९४९, एमालेले ५१ हजार ५९६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २८ हजार ३०३, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ११ हजार ३४८ र श्रम संस्कृति पार्टीले ८ हजार ३५६ मत समानुपातिकतर्फ प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार २ क्षेत्र रहेको गुल्मीमा रास्वपाले ५२ हजार ५२, एमालेले २८ हजार ९०५, नेपाली कांग्रेसले २५ हजार ५५२, नेकपाले ५ हजार ७८६, राप्रपाले १ हजार ८९ मत र श्रम संस्कृति पार्टीले ९३६ प्राप्त गरेका छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा रास्वपाले ३९ हजार ८५, एमालेले २० हजार ४५१, कांग्रेसले १७ हजार ६८१, नेकपाले ३ हजार ९७७, राप्रपाले ७२५ र श्रम संस्कृतिले ५७२ मत पाएका छन् ।
यस्तै, २ क्षेत्र रहेको पश्चिम नवलपरासीमा पनि समानुपातिकतर्फ रास्वपा पहिलो दल बनेको छ । यहाँ रास्वपाले ९५ हजार ९७९, कांग्रेसले २० हजार ३३४, एमालेले १० हजार ७७४, राप्रपाले ७ हजार ५१७, नेकपाले २ हजार ९२१ र श्रम संस्कृति पार्टीले २ हजार ७५ मत पाएको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको पाल्पामा रास्वपाले ५० हजार ४५२, एमालेले २४ हजार ९३७, कांग्रेसले २४ हजार ६ मत, नेकपाले ५ हजार २८६, श्रम संस्कृति पार्टीले ३ हजार ५५८ र राप्रपाले १ हजार ३९९ मत पाएको छ ।
३ क्षेत्र रहेको कपिलवस्तुमा रास्वपा १ लाख ५४९ मतसहित पहिलो दल बन्दा कांग्रेसले ४६ हजार ३९१, एमालेले २५ हजार ६२०, नेकपाले २२ हजार ६३, राप्रपाले १७ हजार ९७४ र श्रम संस्कृति पार्टीले १ हजार ४५८ मत ल्याएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा रास्वपाले ३० हजार ७५२, एमालेले १६ हजार १९५, काँग्रेसले १५ हजार २२६, नेकपाले ९ हजार १८१, श्रम संस्कृति पार्टीले ९५५ र राप्रपाले ६८५ मत प्राप्त गरेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको रोल्पामा नेकपाले २५ हजार ६२, रास्वपाले १३ हजार ६३८, काँग्रेसले ११ हजार ४९९, एमालेले १० हजार ९, राप्रपाले ८८६ र श्रम संस्कृति पार्टीले ७८८ मत लाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी एउटा मात्रै क्षेत्र रहेको रुकुम पूर्वमा नेकपाले ९ हजार ४४३, एमालेले ३ हजार ३२९, काँग्रेसले २ हजार ८७०, रास्वपाले १ हजार ९७०, श्रम संस्कृतिले १७७ र राप्रपाले १५४ मत प्राप्त गरेका छन् । तीन निर्वाचन क्षेत्र रहेको दाङमा रास्वपाले १ लाख ३१ हजार १ मत, काँग्रेसले ४१ हजार ४४८, एमालेले ३३ हजार ३५५, नेकपाले २३ हजार ७८०, राप्रपाले ५ हजार ८९१ र श्रम संस्कृतिले २ हजार ५६ मत ल्याएको छ ।
दुर्ई निर्वाचन क्षेत्र रहेको बर्दियामा रास्वपाले ८० हजार ४४३, काँग्रेसले ३१ हजार ६७७, नेकपाले २५ हजार ९४८, एमालेले २४ हजार २४०, राप्रपाले ४ हजार ४९३ र श्रम संस्कृतिले १ हजार ७७ मत प्राप्त गरेका छन् ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा रास्वपाले ९० हजार २९, एमालेले ४७ हजार १०२, काँग्रेसले ४० हजार ५६, नेकपाले १३ हजार १६६, राप्रपाले १० हजार ९१४ र श्रम संस्कृतिले १ हजार ४९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।









लेखकको सम्वन्धमा