June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

भैरहवामा भारतीय दूतावासको लोकनृत्य साँझ

Advertisement

भैरहवा– नेपालस्थित भारतीय राजदूतावास, काठमाडौँले भैरहवामा लोकनृत्य साँझ सम्पन्न गरेको छ । भैरहवास्थित होटल पौवामा आयोजित उक्त सांस्कृतिक साँझमा कलाकारहरुले विभिन्न प्रस्तुती दिएका थिए ।

Advertisement

सांस्कृतिक साँझको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नेपाल–भारत सम्बन्ध यस्ता कार्यक्रमले थप मजबुद पार्ने बताए । उनले धार्मिक, सांस्कृति र आर्थिक समेत सम्बन्ध रहेकाले दुई देशबीच सदियौंदेखि दरिलो र गर्विलो सम्बन्ध रहँदै आएको जनाए ।

उक्त सांस्कृतिक साँझमा भारतको आसामबाट आएका कलाकारहरु भार मुकुट बोराको नेतृत्वमा रहेको समूहले प्रस्तुती दिएका थिए । भारतीय सांस्कृतिक सम्बन्ध परिषदको उक्त समूहले ‘बिहु लोक नृत्य’ प्रस्तुत गरेको नेपाल–भारत मैत्री केन्द्रका केन्द्रीय अध्यक्ष सिद्धार्थ अग्रवालले बताए ।

सांस्कृतिक साँझमा रुपन्देहीका जनप्रतिनिधि, कर्मचारी, नेपाल–भारतसँग सम्बन्धित विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी, सामाजिक अगुवा, भारतीय भूपू सैनिकहरु तथा सांस्कृतिक क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरुको उपस्थित थियो । यस्तै, कार्यक्रममा भारतीय राजदूतावासका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमले दुई देशको सांस्कृतिक सम्बन्धलाई थप प्रघाढ बनाउन टेवा पुर्याएको दूतावासले विश्वास लिएको छ ।