September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

अन्तरजेसीज ब्याडमिन्टनः जेसीआई पाल्पा प्रथम

भैरहवा– जेसीआई सिद्धार्थ, नेपालले आफ्नो स्वर्णजयन्ती महोत्सवका अवसरमा आयोजना गरेको अन्तर जेसीज ब्याटमिन्टन प्रतियोगिताको उपाधि जेसीआई पाल्पाले जितेको छ ।

Advertisement

भैरहवा ब्याटमिन्टन क्लब, भैरहवामा आयोजित स्पर्धामा जेसीआई पाल्पाका अविन श्रेष्ठ र विनय खातीको टोली प्रथम भएको हो । यस्तै, जेसीआई सिद्धार्थ नेपालका दीपेन्द्रमान श्रेष्ठ र अशोक क्षेत्रीको टोली दोस्रो भएको छ । कार्यक्रम संयोजक अर्जुन क्षेत्रीका अनुसार तेस्रो स्थान भने दुई टीमलाई घोषणा गरिएको छ ।

जसअनुसार जेसीआई देवदहका सुरेश राना र दिनेश पराजुली तथा जेसीआई बुटवलका ठाकुर रोका र सुमन श्रीसको टीम तेस्रो हुन सफल भएका छन् । जेसीजले आफ्नो स्वर्णजयन्ती महोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ ।

ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन सत्रका अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष अर्जुन कुंवर, स्वर्णजयन्ती मूल समारोहका संयोजक तथा पूर्वअध्यक्ष कमल जीसी, ओजश शर्मा लगायतले बोल्दै यस्ता प्रतियोगिताले व्यक्तिलाई स्वस्थ राख्नुका साथै अन्तरजेसीज आपसी सम्बन्ध थप प्रगाढ हुने जनाए ।

नेतृत्व विकास र समाजसेवामा छाप बसालीरहेको जेसीआई सिद्धार्थ नेपाल