October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

फेरि उठ्यो डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विषय

भैरहवा- उद्योगी र सरकारबीच केही वर्षदेखि विद्यमान डेडिकेटेड र ट्रंलाइन बक्यौता बिवादको बिषय फेरि उठेको छ ।

Advertisement

नवनयिुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्न नेपाल बिद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेपछि विवादित यो बिषय फेरि उठेको हो ।

उर्जामन्त्री घिसिङले  सोमवार पद बहाली गरे लगत्तै उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका हुन् ।

यस अघि घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, यस विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । बरु, उनलाई गत चैतमा प्राधिकरणको कार्यकारि निर्देशकबाट हटाउने निर्णय सरकारले गरेको थियो ।

उनी प्राधिकरणको कार्यकारी निर्देशक रहेको वेला बिद्युत महशुल भुक्तानी नगरेको भन्दै पछिल्लो पटक डेडिकेटेड तथा ट्रंकलाइन विवादमा परेका ३४ वटा उद्योगको बिद्युत लाइन काटिएको थियो ।

जसमध्ये सबैभन्दा धेरै उद्योग लुम्बिनी प्रदेशका थिए । अझ त्यसमा पनि सबैभन्दा धेरै रुपन्देही जिल्लाका उद्योग रहेका थिए ।