May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पत्रपत्रिका

बजेट अधिवेशन आह्वान नगर्दा संशय

बजेट अधिवेशन आह्वान नगर्दा संशय

सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउनुपर्ने हो, अहिलेसम्म आएको छैन । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी…

तरल अक्सिजन आयात गर्ने तयारी

तरल अक्सिजन आयात गर्ने तयारी

कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ । भारतबाट तरल अक्सिजन खरिदका लागि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको छ ।…

  • निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस

    निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस

    सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ।...

  • जसपा विवाद सतहमा

    जसपा विवाद सतहमा

    जनता समाजवादी पार्टी (जसपा)  नेपालको  आन्तरिक  विवाद  सतहमा देखिन  थालेको  छ । जसपा  नेपालका  अध्यक्ष उपेन्द्र  यादवले  शनिबार  बैठक  बोलाएपछि अर्का  अध्यक्ष  महन्थ  ठाकुरले  बैठक  नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।  विज्ञप्तिमा उनले जसपाको केन्द्रीय कार्यकारिणी...

  • गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

    गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

    आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।  कुवेतको अलमुल्ला...

  • पुँजीगत खर्च गर्न सरकार असफल

    पुँजीगत खर्च गर्न सरकार असफल

    कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो...

  • ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्।  ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार बुधबार...

  • अक्सिजन नपाउँदा दुई दिनमा रुपन्देहीमा १४ संक्रमितको मृत्यु

    अक्सिजन नपाउँदा दुई दिनमा रुपन्देहीमा १४ संक्रमितको मृत्यु

    रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए । सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशन/प्रसारित थिए । मंगलबार साँझदेखि अभाव...

  • कोरोनाबाट भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने

    कोरोनाबाट भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने

    कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ । अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स...