July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

उपाधि जित्ने होडमा नेपालः आज सामाओसँग खेल्दै

Advertisement

ओमानमा जारी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले आज सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

Advertisement

प्रतियोगितामा एक्लो अपराजित टोली नेपालले सुपर सिक्समा जितविहीन रहेको एक्लो टोली सामाओसँग खेल्दै गर्दा स्वभाविक रुपमा नेपाल हावी हुने विश्वास गर्न सकिन्छ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा ४:१५ बाट सुरु हुने खेलमा २ लाख जनसंख्या भएको यो टापु देश इस्ट एसिया प्यासिफिकलाई पनि छनोटका लागि आइसीसीले एसियन छनोटमै गावेसँगै यो पटक छनोट खेल्न ओमान आइपुगेको थियो। समूहचरणमा तुलनात्मक रुपमा बलियो मानिएको पपुवा न्युगिनिलाई सनसनिपूर्ण रुपमा पराजित गरेर सुपर सिक्समा पुगेको सामाओले सुपर सिक्समा भने कुनै चमत्कारि प्रदर्शन गर्न सकेन।

उसको मुख्य आकर्षण न्युजिल्यान्डका पूर्व स्टार खेलाडी रोस टेलर रहेका थिए। उनले आमाको देशबाट प्रतिस्पर्धा गरिरहँदा ४१ वर्षीय टेलरको जादु भने चल्न सकेन। अन्तत: टोली सुपर सिक्समा जितविहीन रहेको छ।

समूह चरणमा नेपालले जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा २ अङंक सहित पुग्दा सुपर सिक्सका उपाधि दाबेदार युएई र ओमान र कतारलाई हराएर अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको युएईले सबै खेल खेलिसकेको छ। उसको ६ अंक छ। युएइपनि छनोट भइसकेको छ। विश्वकपमा नेपाल, ओमान र युएइ छनोट भएका छन्।

एक खेल कम खेलेको ओमान पनि ६ अंकसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग खेल्ने छ। जापान र ओमानबीचको अन्तिम खेल आजै ११ बजेबाट सुरु हुँदैछ। जापानले ओमानलाई जिते अन्तिम खेल अगावै नेपाल च्याम्पियन बन्ने छ। ओमानले जापानलाई हराएमा भने नेपालले सामाओलाई पराजित गर्नु पर्नेछ। नेपाल पराजित भएमा नेट रनरेटमा अघि रहने टिम च्याम्पियन बन्ने छ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि ८ मार्चसम्म हुँदैछ। छनोट भएका २० टोलीले सुरूमा समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा चार समूहमा पाँच पाँच टोली हुने छन्। समूहका शीर्ष दुई दुई टोली गरी आठ टोली सुपर-८ मा पुग्ने छन्। त्यसपछि पनि दुई समूहमा प्रतिस्पर्धा हुने सपुर-८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन्।

भारत र पाकिस्तान बीचका खेल श्रीलंकामा हुँदा बाँकी खेल भारतमा हुने छ। फाइनल भारतको अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुन सक्ने जनाइएको छ। यदि पाकिस्तान फाइनलमा पुगेमा कोलम्बोको आर प्रेमदासा स्टेडियम हुनेछ।