चारदेशीय टी-२० सिरिजः नेपालको लगातार दोस्रो जित, कुवेत ६ विकेले पराजित

हङकङमा जारी चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपाललाई कुवेतलाई ६ विकेटले पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको छ।
कुवेतले दिएको १ सय ८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्यो। नेपालले उत्कृष्ट सुरुवात गर्दा विना दबाब जित हासिल गर्न सफल भएको हो।
नेपालको जितमा कुशल भुर्तेलले ८१ रनको सानदार अर्धशतकीय इनिङ खेले। उनले ५० बलमा समान ६ चौका र छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर आसिफ शेखले ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाएको थियो। यी दुइबिच पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी भएको थियो। त्यसपछि दिपेन्द्र सिंह ऐरीले ३१ रन बनाएका थिए।
त्यसअघि मङ्गकक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। बलियो लक्ष्य प्रस्तुत गर्ने क्रममा कुवेतका लागि क्लिन्टो अन्टोले ४१ रन बनाउँदा मित भावसरले ३५ रन बनाए। त्यस्तै रभिजा सन्दरुवाले २६ रन बनाउँदा बिलाल ताहिरले ३२ रन बनाएका थिए। त्यस्तै कप्तान मोहम्मद अस्लामले १७ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए। यसअघि नेपाले आफ्नो पहिलो खेलमा बुधबार कतारलई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।
बुधबारनै भएको खेलमा कुवेतले हङकङलाई ४ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। प्रतियोगितामा हङकङ, कुवेत, नेपाल र कतार सहभागी रहेका छन्। अब नेपालले शनिबार लिगचरणको अन्तिम खेल हङकङसँग खेल्ने छ। अङ्क तालिकामा शीर्ष २ मा रहने टिमबिच १३ अप्रिलमा फाइनल हुनेछ।
प्रतिकृया दिनुहोस्