April 22, 2025, Tuesday
२०८२ बैशाख ९

आर्सनल टोटेनह्याम ब्राइटनसँग स्तब्ध

इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको दौडमा रहेको आर्सनल वेस्टह्यासँग २-० ले स्तब्ध हुँदा अर्को खेलमा शीर्ष चारको दौडमा रहेको टोटेनह्याम ब्राइटनसँग ४-२ ले पराजित भयो।

आर्सनलविरुद्ध वेस्टह्यामले सिमित अवसरमा गोल गर्दा आर्सनल स्तब्ध बन्यो। उसले तीन सट टार्गेटमा राख्दा दुई सट गोलमा परिणत गर्न सफल भएको थियो। आर्सनलले भने अधिकांश समय खेल आफ्नो पकडमा राख्दै निरन्तर आक्रमण गरे पनि गोल गर्न नसक्दा पराजित भयो।

Advertisement

खेलमा १३ औं मिनेटमानै वेस्टह्यामले टोमस सौएसेकको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा लिएको एक गोलको अग्रतालाई ५५ औं मिनेटमा दोब्बर बनाउन वेस्टह्यामका लागि कोन्स्टेनटिनस माभरोपनोसले गोल थपेका थिए।

जितपछि वेस्टह्याम १९ खेलबाट ३३ अङ्कका साथ छैटौं स्थानमा उक्लिँदा आर्सनल ४० अङ्कका साथ दोस्रो स्थानमा कायम छ।

त्यस्तै शुक्रबारलनै भएको खेलमा ब्राइटनले टोटेनह्याममाथि ४-२ को प्रभावशाली जित निकाल्यो। सुरुवातबाटै गोल गरेको ब्राइटनले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको थियो। ४-० ले पछि परेको अवस्थामा अन्तमि १० मिनेटमा दुई गोल फर्काएपनि टोटेनह्यामले हार टार्न असफल रह्यो।

हिन्सेलवुडले ११ औं मिनेटमा ब्राइटनलाई अग्रता दिँदा जोआओ पेड्रोले पेनाल्टी मार्फत् नै २ गोल गरेका थिए। उनले २३ औं मिनेटमा पहिलो पेनाल्टी सदुपयोग गर्दा ७५ औं मिनेटमा दोस्रो पेनाल्टी प्रहार गरे।

इस्टुपिनानले ६३ औं मिनेटमा अर्को गोल गरेका थिए। टोटेनह्यमका लागि भने भेलिजले ८१ र डेभिसले ८५ औं मिनेटमा गोल फर्काए पनि टिमको फराकिलो हार टार्न सकेनन्। हारपछि टोटेनह्याम ३६ अङ्कका साथ पाँचौं स्थानमा कायम छ। ब्राइटन भने ३० अङ्कका साथ आठौं स्थानमा उक्लिएको छ।