July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

अल हिलाल र नाभ्बाहोर नामांगम बराबरी

ब्राजिलियन फरवार्ड नेयमारको टिम अल हिलाल एएफसी च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा नाभ्बाहोर नामांगमसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

Advertisement

सोमबार राति उज्वेकिस्तानी क्लब नामांगमले साउदी प्रो लिगको क्लब अल हिलाललाई उसैको घरमा बराबरीमा रोकेको हो ।

Advertisement

साउदी अरेबियाको रियादस्थि किङ फहाद रंगशालामा दुवै गोल दोस्रो हाफमा भएको थियोे । टोमा टादाटाद्जीले ५२औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए ।

तर, इन्जुरी समयमा अली अल बोलेहीले गोल गर्दै घरेलु टिमलाई हारबाट बचाएका थिए । यो बराबरीसंगै समूह ‘डी’ मा रहेका दुवै टिमले समान एक अंक जोडेका छन् ।

यो समूहमा अल हिलाल र नामांगमसँगै भारतीय क्लब मुम्बई सिटी एफसी र इरानी क्लब एफसी नासाजी माजानदारन छन् ।