रियलको लगातार जीत


स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले लगातार आफ्नो जित यात्रा जारी राखेको छ। लगातार पाँचौं खेलमा जित निकाल्ने क्रममा रियलले रियल सोसिडाडलाई २-१ ले पराजित गर्यो।
आइतबार राति भएको खेलमा रियल सोसिडाडले सुरुवातमा नै अग्रता लिएको थियो। पाँचौं मिनेटमा नै बरेनएटक्साले गोल गरेका थिए।
पहिलो हाफमा १ गोलले पछि परेको रियलले दोस्रो हाफमा पुनरागमन गरेको थियो।
४६ औं मिनेटमा रियलले फेडरिको भलभर्डेको गोलमार्फत खेल बराबरीमा ल्यायो।
रियललाई तीन अंकका लागि भने जोसेलुले ६० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। दुबै गोलका लागि गार्सिया टोरेसले असिस्ट गरेका थिए।
जितपछि रियल म्याड्रिड ५ खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा छ। समान खेल खेलेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना २ अंकले पछि रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ।
प्रतिकृया दिनुहोस्