April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सेभिल्लाले जित्यो सातौँ पटक युरोपा लिगको उपाधि

स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि सातौँ पटक जितेको छ। बुडापेस्टको पुस्कास ऐरेनामा बुधबार राति भएको खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै उपाधि जितेको हो।

Advertisement

गोनजालो मोनटीएलले सेभिल्लाको जितमा निर्णायक पेनाल्टी प्रहार गरेका थिए। उनले यसअघि अर्जैन्टिनाले विश्वकप जित्दापनि निर्णायक पेनाल्टी प्रहार गरेका थिए। रोमाका लागि भने रोगर इबानेज र जियानलुका मानसिनीले पेनाल्टी मिस गरेपछि सेभिल्लाको अनतिम पेनाल्टीको मौका गोनजालोले गरेका थिए।

Advertisement

स्पेनिस क्लबले फाइनल पुगेको सातौँ उपाधि जित्न सफल भयो। अहिले सम्म २००६ पछि सातपटक फाइनलमा पुगेको सेभिल्लाले सबै सातै पटक उपाधि जितेको छ। जितसँगै सेभिल्लाले आगामि सिजनको च्याम्पियन्स लिगको लागि समेत छनोट भएको छ। स्पेनिस क्लब शीर्ष चार बाहिरबाट छनोट हुन सफल भयो। अहिलेको अङ्क तालिकामा सेभिल्ला अन्तिम खेल बाँकी रहँदा ११ औँ स्थानमा रहेको छ।

सेभिल्लाविरुद्ध रोमाले ३४ औँ मिनेटमा अग्रता लिएको थियो। मोन्टेलाका अन्तर्राष्ट्रिय सहकर्मी पाउलो डिबालाले जियानलुका मानसिनीको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ५५ औँ मिनेटमा मानसिनीको आत्माघाति गोलमा सेभिल्लाले खेल बराबरीमा ल्याएको थियो।

त्यसपछि निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिएको थियो।