March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४-१ ले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गर्दा लिभरपुलको च्याम्पियन्स लिगको सम्भावना भने औपचारिक रुपमा समाप्त भएको छ।

Advertisement

अन्तिम खेल अगावै च्याम्पियन्स लिगमा स्थान बनाउने क्रममा युनाइटेडले चेल्सीलाई फराकिलो अन्तरले हरायो।

Advertisement

युनाइटेड च्याम्पियन्स लिगमा स्थान बनाएसँगै शीर्ष चारको समिकरणसमेत पूरा भएको छ। म्यानचेस्टर सिटी च्याम्पियन बन्दा आर्सनल दोस्रो स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो। अन्तिम खेल अगाडि युनाइटेड चेल्सीलाई हराएर तेस्रो स्थानमा उक्लि‍ँदा न्युक्यासल चौँथो स्थानमा रहँदै च्याम्पियन्स लिग यात्रा पक्का गर्यो। लिभरपुल भने पाँचौँ स्थानमा रहेर युरोपा लिगका लागि मात्र योग्य भयो।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा म्यानयूले क्यासिमेरोको गोलबाट छैटौँ मिनेटमानै अग्रता बनाएको थियो। मार्टियलले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनाउँदा थप दुई गोल दस्रो हाफमा सम्मभव भएको थियो। ७३ औ मिनेटमा पेनाल्टीमार्फत् ब्रुनो फर्नान्डेसले गोल गर्दै टिमलाई ३-० को अग्रतामा पुर्याउँदा चौंथो गोल मार्कुस रासफोर्डको नाममा रह्यो।

रासफोर्डले ७८ औँ मिनेटमा गोल गरे। चेल्सीका लागि भने जोओ फेलिक्सले निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा गरेका थिए। युनाइटेडेले चेल्सीलाई हराएसँगै लिभरपुलको शीर्ष चारको आस औपचारिक रुपमा सकियो अब अन्तिम खेल दुवै टिमले हारेपनि ४ अङ्कको अग्रताका कारण लिभरपुल चौँथो स्थानमा रहने सम्भावना सकिएको हो।

लिगमा अन्तिमचरण बाँकी रहँदा च्याम्पियन सिटी ३७ खेलबाट ८९ अङ्कका साथ शीर्ष स्थानमा छ। त्यस्तै ८१ अङ्कका साथ आर्सनल दोस्रो र युनाइटेड ७२ अङ्कका साथ तेस्रो तथा न्युक्यासल ७० अङ्कका साथ चौँथो स्थानमा रहेको छ। न्युक्यासल २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको हो।