गुजरातले मुम्बईलाई पुर्यायो ‘प्लेअफमा’


शीर्ष स्थानमा रहँदै अन्तिम खेलअघिनै प्लेअफमा पुगेको गुजरातले जित्नै पर्ने दबाबमा रहेको बैंगलोरलाई ६ विकेट ले पराजित गर्दै मुम्बई इन्डियन्सलाई प्लेअफमा पुर्याएको छ। अन्तिम खेलमा बैंगलोर पराजित भए मुम्बई प्लेअफमा पुग्ने समिकरण बनेको थियो।
आइतबार भएको दिनको दोस्रो खेलमा बैंगलोर पराजित भएसँगै प्लेअफ समिकरण पूरा भएको छ। प्लेअफमा गुजरा शीर्ष स्थानमा रहँदा चेन्नई दोस्रो स्थानमा रहन सफल भयो। त्यस्तै लखनउ तेस्रो स्थानमा रहँदा मुम्मबई चौंथो स्थानमा रहेर प्लेअफमा स्थान बनाउन सफल भए।
बैंगलोर आफ्नो घरेलु मैदानमा विराट कोहलीको शतकका बाबजुत पराजित भयो। विराटले क्रिस गेलको ६ शतकको कीर्तिमान तोड्दै सर्वाधिक ७ आइपिएल शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएपनि टिमको जितका लागि पर्याप्त भएन।
उनको यो लगातार दोस्रो शतक समेत हो। निर्धारित २० ओभरमा बैंगलोरले ५ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य गुजरातले शुभमन गिलको अविजित शतकीय इनिङमा ५ बल बाँकी हुँदै पूरा गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले विराट कोहलीको ६१ बलमा १०१ रनको अविजित इनिङमा १ सय ९७ रन बनायो। उसका लागि कप्तान फाफ डुप्लेसिसले २८ रन बनाउँदा ग्लेन म्याक्सवेलले ११ तथा मिचले ब्रासवेलले २६ रन बनाएका थिए। अनुज रावत २३ रनमा अविजित रहे।
जवाफमा गुजरातका लागि विजय संकरले ५३ रन बनाउँदा शुभमन गिलले १०४ रनको शतकीय इनिङ खेले। त्यस्तै ऋद्दिमान साहले १२ रन बनाएका थिए।

प्रतिकृया दिनुहोस्