May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

कोलकातालाई एक रनले हराउँदै लखनउ प्लेअफमा

लखनउ सुपरजायन्ट्स इन्डियन प्रिमियर लिगको प्लेअफमा स्थान बनाउन सफल भएको छ।

Advertisement

इडन गार्डेन मैदानमा कोलकाताले टस जितेर पहिले बलिङको निर्णय गरेपछि ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो। जवाफमा कोलकाता २० ओभरमा ७ विकेट गुमाएर १७५ रनमा समेटियो।

कोलकातालाई हराएसँगै क्रुणाल पाण्ड्याको कप्तानीमा रहेको लखनउ प्लेअफमा स्थान बनाउने तेस्रो टिम बन्यो।

लखनउ अघि चेन्नई र गुजरातले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्। लखनउसँग पराजित भएसँगै कोलकाता प्रतियोगिताबाट बाहिरियो। कोलकाता जारी सिजनमा बाहिरिने चौंथो टिम बन्यो।

यसअघि पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद प्लेअफबाट बाहिरिसकेका छन्। कुल ६८ खेलपछि अब प्लेअफका लागि १ स्थान बाँकी छ। एक स्थानका लागि बैंगलोर, मुम्बई र राजस्थान मैदानमा रहेका छन्।

शनिबार भएको खेलमा अन्तिम ओभरमा २१ रन चाहिएको अवस्थामा कोलकाताले २० रन बनायो। रिन्कु सिंहले उत्कृष्ट ब्याटिङ गरेपनि उनको टिम २ रनले पराजित भयो।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउका लागि निकोलस पुरनले ३० बलमा ५८ रनको अर्धशतकीय इनिङ खेल्दा क्विन्टन डिककले २८ तथा प्रेरक मानकाडले २६ रन बनाए। त्यस्तै, आयुष बडोनीले २५ रन बनाउँदा कृष्णप्पा गौथमले ११ रन बनाएका थिए।

जवाफमा कोलकाताका लागि रिन्कु सिंहले ३३ बलमा ६७ रनको अविजित इनिङ खेले। त्यस्तै, ज्यासन रोयले ४५ रन बनाउँदा भेनकटेस अय्यरले २४ तथा रमनुल्लाह गुर्वाजले १० रन बनाएका थिए।