October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

रियल कोपा डेल रेको सेमिफाइनलमा

रियल म्याड्रिडले अर्को शहरिया प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै स्पेनिस सुपरकपको अन्तिम चारमा स्थान बनाएको छ। प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। जहाँ रियल म्याड्रिडले बाजी मार्न सफल रह्यो।

Advertisement

खेलमा अग्रता भने एट्लेटिको म्याड्रिडले अलभारो मोराटाको गोलमार्फत १९ औ मिनेटमा लिएको थियो। नहुएल मोलिनाले दिएको क्रसलाई सदुपयोग गर्दा एट्लेटिकोले अग्रता बनायो। तर दोस्रो हाफमा रियलले खेल बराबरीमा ल्यायो। रोड्रिगोले तीन खेलाडी विट गर्दै आकर्षक गोल गरेपछि रियल खेलमा फर्कियो।

Advertisement

निर्धारित समय १-१ गोलको बराबरी भएको खेलमा अतिरिक्त समयमा एट्लेटिको १० खेलाडीमा समेटियो। उसका लागि स्टेफन सभिक दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिंदा ९९ औ मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो। त्यसपछि दबाबमा परेको एट्लेटिको विरुद्ध १०४ मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियललाई अग्रता दिलाए। अतिरिक्त समयको इन्जुरी समयमा भिनिसियस जुनियरले टिमका लागि तेस्रो गोल गर्दा रियल ३-१ ले विजयी भयो।

त्यस्तै, अर्को खलमा भ्यालेन्सियालाई पराजित गर्न एट्लेटिको बिलबाओ सफल भयो। बिलबाओले तुलनात्मक रुपमा बलियो मानिएको भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।