September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

रोनाल्डोले डेब्यु गरेको खेलमा नसरको संघर्षपूर्ण जित

साउदी अरेबियाको अल नसरमा अनुबन्धन भएको ४ सातामा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले डेब्यु गरेका छन्। साउदीको प्रो-लिगमा आइतबार रोनाल्डोको डेब्युमा अल नासरले इतिफाकमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ।

Advertisement

३७ वर्षीय रोनाल्डोले अल नसरमा २०२५ सम्मका लागि वार्षिक १७७ मिलियन पाउन्डमा सम्झौता गरेका हुन्। अल नसर साउदी प्रो-लिगको शीर्ष स्थानमा रहेको छ। अङ्क तालिकामा दोस्रो स्थानको अल हिलालभन्दा १ अङ्कको अग्रता बनाउन अल नसर सफल भएको छ।

Advertisement

रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेड, युभेन्टस र रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उनले साउदीमा बिहीबार पिएसजीविरुद्ध रियाद अल स्टार ११ को तर्फबाट २ गोल गरेका थिए। तर उक्त खेलमा पिएसजी ५-४ ले विजयी भएको थियो।

रोनाल्डोले लिगमा डेब्यु गरे पनि डेब्यु गोल गर्न भने असफल रहे। उसका लागि टालिस्काले खेलको ३१ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितपछि असरको १४ खेलबाट ३३ अङ्क भएको छ।

दोस्रो स्थानको अल हिलालको १५ खेलबाट ३२ अङ्क रहेको छ। त्यस्तै, १४ खेल खेलेको अल इतिहाद ३१ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। साउदी प्रो-लिगमा कुल १६ टिम सहभागी रहेका छन्।