April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

शीर्ष स्थानमा आर्सनललाई ८ अङ्ककको अग्रता

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी फराकिलो पारेको छ।

Advertisement

आइतबार राति भएको खेलमा आर्सनलले टोटेनह्यामला २-० ले पराजित गर्दै दोस्रो स्थानको सिटीसँगको अङ्क दूरी ८ अङ्कमा पुर्‍याएकाे हाे।

Advertisement

आर्सनलले सिटी म्यानयूसँग पराजित भएको फाइदा उठाउने क्रममा टोटेनह्याम माथि सुरुवातबाटै राम्रो प्रदर्शन गरेको थियो। आर्सनलले पहिलो हाफमा लिएको २-० को अग्रतानै कायम राख्न सफल हुँदा महत्वपूर्ण तीन अङ्क हासिल गर्दै उपाधि होडमा पकड बलियो बनाउन सफल भयो।

खेलमा १४औँ मिनेटमा बुकाया साकाले गरेको प्रहार जोगाउने क्रममा गोलरक्षक हुगो लोरिसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। टिमका लागि दोस्रो गोल कप्तान मार्टिन ओडेगार्डले गरेका थिए। उनले ३६ औँ मिनेटमा गरेको डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

जितसँगै आर्सनलले १८ खेलबाट ४७ अङ्क हात पारेको छ। आर्सनलसँग पराजित भएपछि म्यानयूलाई पछि पार्दै चौँथो स्थानमा उक्लिने मौका भने टोटेन्ह्यामले गुमायो। उसको १९ खेलबाट ३३ अङ्क रहेको छ।

अङ्क तालिकामा सिटी ३९ अङ्कका साथ दोस्रो स्थानमा रहँदा न्युक्यासल र युनाइटेडको समान ३८ अङ्क भएपनि लिगको तेस्रो र चौँथो स्थानमा रहेका छन्।