March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

फिफा वर्ष खेलाडी मनोनयनमा: मेसी र नेमारसहित एम्बाप्पे र हालान्ड पनि, परेनन् रोनाल्डो

फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडीको मनोनयन सार्वजानिक गरेको छ। २०२२ को फिफा उत्कृष्ट खेलाडीका लागि विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसहित चर्चित स्टारले मनोननयमा नाम अटाउँदा पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डो भने प्रारम्भिक सूचिमानै अटाएनन्।

Advertisement

पुरुषतर्फ मनोनयनमा पर्न सफल खेलाडीहरुमा लियोनेल मेसी, जुलियन अल्भारेज, जज बेलिङ्घाम, करिम बेञ्जामा , केभिड डि ब्रएना, अर्लिङ हालान्ड, आसरफ हाकिमी, रोवर्ट लेवान्डोस्की, साडियो माने, केलिएन एम्बाप्पे, लुका मोड्रिच, नेमार, मोहम्मद सलाह, भिनिसियस जुनियर रहेका छन्।

Advertisement

त्यस्तै, महिलातर्फ एइटाना बोनमाटी, डेविना, जेसी फ्लेमिङ, आदा हेगरवर्ग, साम केर, वेथ मेड, भिभाडनी मिडेमा, एलेक्स मोर्गन लिना ओवर्डैर्फ,अलेक्जान्ड्रो पोप, एलिसिया फुटेलास, विन्डाइ रेनार्ड, केइरा वाल्स, लिया विलयमसन।

पुरुष उत्कृष्ट गोलरक्षकमा इमिलियानो मार्टिनेज, एडर्सन, थिवाउट कोर्टाइज, यसिने बौउनौउ र एलिसन बेकर रहँदा महिला उत्कृष्ट गोलरक्षकमा एन-कट्रिन बेरगर, मेरिय अर्पस, क्रिश्टियानी एन्डलर, मर्ली फ्रोम्स, एसिसा नहेर,सान्द्रा पानोस गार्सिया रहेका छन्।

त्यस्तै, पुरुष उत्कृष्ट प्रशिक्षकमा कार्लो एन्सेलोटी, डिडियर डेसच्याम्प,पेप ग्वार्डिओला,वालिड रेग्रागुई, लियोनेल स्कालोनी रहँदा उत्कृष्ट महिला प्रशिक्षकमा सोनीया बोमपास्टर, एमा हायस, बेभ प्रिस्टम्यान, पिया सुनधागे, मार्टिना भोस टेक्लानवर्ग, सरिना वेगम्यान मनोनयनमा परेका छन्।