February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

विश्वकप फुटबल: समूह चरणका अन्तिम खेल सुरु हुँदै

विश्वकप फुटबलमा मंगलबारबाट समूह चरणका अन्तिम खेलहरू सुरु हुँदैछन्। अन्तिम चरणका खेलसँगै नकआउट पुग्ने टिमको तय हुने छ। जसअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई- दुई खेल हुँदैछन्।

Advertisement

एकै समयमा हुने खेलमा समूह ‘ए’ बाट ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट सुरु हुने छ। समूह एबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगाे लाग्ने छ।

समूह एमा नेदरल्यान्ड् र इक्वेडरको समान ४-४ अंक रहँदा सेनेगलको ३ अंक रहेको छ। त्यसैले समूह एको नकआउट भिड्न्त रोमाञ्चक हुने आँकलन गरिएको छ।

त्यस्तै, समूह ‘बी’ अन्तर्गत हुने खेलमा इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ। खेल राति १२:४५ मा हुनेछ। यो समूहमा इंग्ल्यान्डको ४ अंक हुँदा इरानको ३ र अमेरिकाको २ अंक रहेको छ।