April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

इन्टरको पुनरागमन जित

इन्टर मिलानले इटालियन सिरि ए फुटबलमा एटलान्टालाई हराएको छ । आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई ३–२ गोल अन्तरले हराएको हो । ​इन्टरलाई जित दिलाउन इडेन जेकोले दुई गोल गरे । एक गोल इन्टरले आत्मघाती उपहार पाएको थियो । उता एटलान्टाका लागि डेमोला लुकम्यान र जोस लइस पालोमिनोले एक–एक गोल गरे ।

जितसँगै इन्टरले १५ खेलमा ३० अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित एट्लान्टा २७ अंक जोडेर छैटौँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा रोमाले टोरिनोसँग १–१ गोलको बराबरी खेलेको छ ।

Advertisement