March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

टी–२० विश्वकप फाइनल आज : बलियो इङ्ल्यान्डसामु भाग्यमानी पाकिस्तान !

टी–२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो । 

Advertisement

पाकिस्तानले सन् २००९ मा पहिलो पटक टी–२० विश्वकप जितेको थियो । त्यतिबेला युनिस खान टिमको कप्तान थिए । सन् २०१० मा इङ्ल्यान्डले पहिलो पटक यो ट्रफी जितेको थियो । त्यति बेला पल कलिङवुड टोलीका कप्तान थिए। यदि यी दुई टोलीले यो प्रतियोगिता जित्यो भने यो उनीहरूको दोस्रो टी–२० विश्वकप ट्रफी हुनेछ।

Advertisement

दुई टोलीबीच २८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमध्ये पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ मा जितेको थियो । १ खेल बराबरीमा सकियो र १ खेलमा कुनै  नतिजा आएन।

यस विश्वकपमा इङ्ल्यान्डको यात्रा उतारचढावले भरिएको थियो । विश्वकपअघि इङ्ल्यान्डलाई जितको ठुलो दाबेदार मानिन्थ्यो । तर समूह चरणमा आयरल्यान्डसँग टोली स्तब्ध बनेको थियो । हारेपछि जोस बटलरको कप्तानीमा रहेको यो टोलीले उत्कृष्ट खेल्दै न्युजिल्यान्डलाई पराजित गर्‍यो र त्यसपछि श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनल पुग्यो । सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै उनीहरूले आफूमा कुनै पनि टोलीलाई हराउन सक्ने शक्ति छ भन्ने प्रमाणित गरेका छन् ।

भाग्यमानी पाकिस्तान

पहिलो खेलमा नै पाकिस्तान भारतसँग पराजित भएको थियो । दोस्रो खेलमा पनि जिम्बावेसँग १ रनले पराजित भएपछि  पाकिस्तान प्रतियोगिताबाट बाहिरिने आँकलनि गरिएको थियो । दुई पराजयपछि भने पाकिस्तानले शानदार पुनरागमन गर्‍यो । नेदरल्यान्ड्सलाई हराएपछि टोली दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई हरायो । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै टोली सेमिफाइनलमा पुग्यो ।

सेमिफाइनलमा बाबर आजमको नेतृत्वमा रहेको यो टोलीले फर्ममा रहेको न्युजिल्याण्डलाई हराएको थियो । यस खेलबाट बाबर आजम र मोहम्मद रिजवानको ओपनिङ जोडी पनि फेरि फर्ममा फर्किए । अब यो जोडी इङ्ल्यान्डविरुद्ध खतरनाक साबित हुन सक्छ ।