February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

पोर्चुगिज राष्ट्रिय टिमको घोषणा, पाँचौँ विश्वकप खेल्दै रोनाल्डो

२०२२ को कतार विश्वकपका लागि पोर्चुगलले राष्ट्रिय टिमको घोषणा गरेको छ।

Advertisement

प्लेअफबाट विश्वकपमा छनोट हुन सफल भएका पोर्चुगल आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो कप्तानीमा मैदानमा उत्रिनेछ। कप्तान रोनाल्डोले पाँचौँ पटक विश्वकपमा स्थान बनाउन लाग्दैछन्।

पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गर्दा अर्का भेट्रान्ट खेलाडी पेपेले पनि टिममा स्थान बनाए। त्यस्तै, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, बर्नान्दाे सिल्भा, आन्द्रे सिल्भा लगायतका खेलाडी पनि टिममा रहेका छन्।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ।

विश्वकपमा पोर्चुगल समूह ‘एच’ मा रहेको छ। यस समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन्। पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ।

टिम: