September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

रियलको लगातार छैटौँ खेलमा जित

स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले लगातार छैटौँ खेलमा जित निकालेको छ । आईतबार राति भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्दै लिगमा शतप्रतिशत नतिजा निकालेको हो ।

रियलले एट्लेटिकोविरुद्व पहिलो हाफमा गरेको दुई गोलनै निर्णायक बन्यो । खेलको १८ औँ मिनेटमा रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए । उनले जारी सिजन ५ खेलमा ३ गोल गरिसकेका छन् । ३६ औँ मिनेटमा रियलले अग्रता दोब्बर बनायो । भिनिसियस जुनियरको प्रहार पोस्टमा लागेर फर्किएको बललाई फेडेरिको भाल्भेर्डेले गोलमा परिणत गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८३ औँ मिनेटमा मारियो हेर्मेसोले गोल गर्दे एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि थप गोल भएन् । अतिरिक्त समयमा हार्मोस दोहोरो पंहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । १९८७/८८ पछि रियलले लगातार ६ खेलमा जित निकालेको हो ।

Advertisement