June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

यूएस ओपन सानिया मिर्जाले नखेल्ने

भारतीय टेनिसस्टार सानिया मिर्जाले यूएस ओपन- २०२२ बाट आफ्नाे नाम फिर्ता लिएकी छिन्।

मिर्जाले सामाजिक सञ्जालमार्फत कुहिनाेमा चाेटका कारण यूएस ओपन नखेल्ने जनाएकी हुन्।

Advertisement

उनले इन्स्टाग्राममा लेखेकी छिन्,’राम्रो समाचार होइन। दुई साताअघि क्यानडामा खेल्दा कुहिनोमा चोट लागेको थियो। चाेट नराम्राेसँग लागेकाे मैले हिजो स्क्यान गरेर मात्र थाहा पाएँ। म केही हप्ता खेल्न सक्दिनँ र यूएस ओपनबाट फिर्ता भएकी छु। यो एक धेरै खराब समय हो र मेरो सन्यास योजना पनि परिवर्तन हुनेछ। छिट्टै थाहा दिनेछु।’

उनले यस सालकाे अस्ट्रेलियन ओपनमा पराजित भएपछि २०२२ काे अन्तिममा टेनिसबाट सन्यास लिने घाेषणा गरेकी थिइन्।

यद्यपि उनले सन्यास लिने याेजनामा केही परिवर्तन हुने पनि बताएकी छिन्।