September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

बालोन डी’ओर मनोनयनको सूचीमा अटाएनन् मेस्सी र नेयमार

बालोन डी’ओर आयोजक फ्रान्स फुटबलले नयाँ सिजनको अवार्डका लागि मनोनयन सर्वाजनिक गरको छ । आज सार्वजनिक भएको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी र नेयमार बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।

Advertisement

मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी सात पटकको विजेता मेस्सी अटाएका छैनन् । उनीसँगै क्लबका स्टार खेलाडी नेयमार पनि अटाएनन् । मेस्सी सन् २००६ पछि पहिलो पटक मनोनयनमा नअटाएका हुन् ।

Advertisement

यस अवार्डको मुख्य दाबेदार मानिएको करिम बेन्जिमा मनोनयनमा परेका छन् । त्यस्तै म्यान्चेस्टर युनाइटेडका खेलाडी क्रिस्टियानो रोनाल्डो पनि मनोनयनको सूचीमा छन् । अवार्ड घोषणा आगामी अक्टोबर १७ हुने छ ।

मनोनयनको सूची :
करिम बेन्जिमा (रियल मड्रिड), क्रिस्टियानो रोनाल्डो (म्यान्चेस्टर युनाइटेड), केलियन एम्बाप्पे (पीएसुजी), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर, थिवाउट कोर्टुवा (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड ), क्यासमिरो (रियल मड्रिड ), लुका मोड्रिच (रियल मड्रिड), एन्टेनियो रुडिगर (चेल्सी÷रियल मड्रिड ), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड  (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल), सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी-डर्टमुन्ड), क्रिस्टोफोर एनकुकु (लाइप्जिग) हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स), रोबर्ट लेवान्डोस्की (बार्सिलोना-बायर्न म्युनिख), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख-लिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान)