July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

साफ यु-२०: नेपाल र भारत भिड्दै

भारतमा जारी साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले साविक विजेता भारतसँग प्रतिष्पर्धा गर्दैछ।

Advertisement

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो। भारतविरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ।

Advertisement

पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन चाहन्छ। भारतलाई हराएर लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिनेछ।

यसअघि भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो भने श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो। नेपालको २ खेलबाट ६ अंक छ।

नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार खेल्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन्।