July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

यु–२० साफ च्याम्पियनसीपका लागि नेपाली टीमको घोषणा

भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसीपका लागि सोमबार २३ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरिएको छ।

Advertisement

मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका युवा मिडफिल्डर आयुष घलानसहित ‘ए’ डिभिजन लिग खेलाडीलाई समेट्दै २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

Advertisement

बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टीमको घोषणा गरेका हुन्। जुलाई २५ देखि आयोजना हुने च्याम्पियनसीपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्।

च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका रहेको छ भने भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ।

राउण्ड रोविन लिग प्रणालीमा आयोजना हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल अगस्ट ५ हुनेछ।

यु–२० टोलीमा गोलकिपर ईश्वर गुरुङ, उनेस चौधरी, जियारत सेख रहेका छन् भने डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन धानी, रोशन थापा, अभिषेक वाइबा छन्।

यस्तै मिडफिल्डर दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी, आयुश घलान छन्। मुख्य प्रशिक्षक केसी स्ट्राइकरको जिम्मा दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गीलाई दिने योजनामा छन्।