September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

सम्झौता नवीकरण गर्दै करिम बेन्जेमा

स्पेनिस महारथि क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन्।

Advertisement

उत्कृष्ट लयमा रहँदै युइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जेमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ। फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ।

Advertisement

३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका थिए। गत सिजन क्लबले ला लिगासहित च्याम्पियन्स लिग उपाधि जितेको थियो।

बेन्जेमाले रियलका लागि ४१५ खेलमा २१९ गोल गरेका छन्। यस्तै, उनले रियलबाट २१ मुख्य उपाधि जितेका छन्।