मड्रिड डर्बीमा रियल पराजित

- पब्लिक कुरा
- २६ बैशाख २०७९
- 36 Shares

एथ्लेटिको मड्रिडले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने नजिक पुगेको छ । ला लिगाको उपाधि जितिसकेको रियलले आइतबारको खेलमा टोलीमा सातवटा परिवर्तन गरेको थियो ।
यसको फाइदा उठाउँदै एथ्लेटिकोले रियलमाथि शुरुदेखि नै दबाब बनाएको थियो । पहिलो हाफमा यानिक कारास्कोले पेनाल्टीबाट गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो । जीतपछि डिएगो सिमिओनीको टोली ६४ अंकसहित लिगको चौथो स्थानमा रहेको छ । पाँचौ स्थानमा रहेको रियल बेटिसभन्दा टोली ६ अंकले अघि रहेको छ ।
आइतबारकै अन्य खेलमा तेस्रो स्थानमा रहेको सेभिया भिल्लारियालसँग १ १ को बराबरीमा रोकियो भने एस्पानियोल र ओसासुना तथा गेटाफे र रायो भायोकानोले पनि अंक बाँडे ।


- मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]
- माेदी बुद्ध जन्मस्थल लुम्बिनीमा
- गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु, नेपालको हवाई इतिहासमा ऐतिहासिक दिन
- आज भारतीय प्रधानमन्त्री माेदी लुम्बिनी आउँदै
- मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ
- मायादेवी–१ को अध्यक्षमा एमालेका लोध विजयी
- मायादेवी–८ को अध्यक्षमा एमालेका मगर विजयी
- बुटवल उपमहानगरमा पाण्डेको फराकिलो अग्रता
- सिद्धार्थनगरमा काँग्रेसको निरन्तर अग्रता, उप-प्रमुखमा राप्रपा अगाडि
- देवदहमा एमाले १३६ मतले अगाडि
-
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९ -
‘धर्म र आस्थाको आधारमा समाज विभाजित हुनुहुँदैन’
२४ बैशाख २०७९
प्रतिकृया दिनुहोस्