May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

युनाइटेडकाे लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहाेरेकाे छ।

Advertisement

शनिबार राति भएको खेलमा ब्राइटन युनाइटेड ४-० गाेल अन्तरले पराजित भएकाे हाे।

ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले एक-एक गोल गरे।

खेलकाे १५ ‍औँ मिनेटमा माेइसेसले गाेल गरी घरेलु टाेलीलाई अग्रता दिलाएका थिए। ४९ औँ मिनेटमा किकिरेलाले गाेल गर्दै ब्राइटनकाे अग्रता दाेब्बर पारे।

५७ औँ मिनेटमा ग्राेबले गाेल गर्दा ब्राइटन ३-० ले अगाडि बढ्याे ।

त्यसपछि खेलको ६० औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४-० को सानदार जित दिलाए।

जितसँगै ब्राइटनले ३६ खेलमा ४७ अंक जोडी नवौं स्थानमा रहेको छ।

पराजित युनाइटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

लिगअन्तर्गत अन्य खेलमा चेल्सी वुल्भ्ससँग र लिभरपुल टाेटेनहमसँग बराबरीमा राेकिँदा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३-० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३-१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १-० ले पराजित गरेको छ।