March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

च्याम्पियन पीएसजी बरारबीमा रोकियो

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरीमा रोकियो । खेलमा सुरुवाती अग्रता स्टार्सवर्गले लिएको थियो ।

स्टार्सवर्गका लागि केभिन गामिरोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । केलियन एमबाप्पेले २३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा हाकिमी अच्राफले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए ।

७५ औं मिनेटमा पीएसजीका मार्को भेराट्टीले आत्मघाती गोल गरेपछि खेल ३–२ को स्थितिमा आयो । त्यसपछि खेलको इन्ज्युरी समयमा एन्थोनीले गोल गर्दै खेल ३–३ गोलको बराबरीमा सकियो । बराबरीसँगै च्याम्पियन पीएसजीले ३५ खेलमा ७९ अंक जोडेर शीर्ष स्थानमा छ । यता स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौं स्थानमा छ ।

Advertisement