May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

च्याम्पियन्स लिग : भिल्ला रियलविरुद्ध लिभरपुलकाे जित

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियललाई २-० अन्तरले पराजित गरेको छ।

Advertisement

गए राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुवाती गोल उपहारस्वरूप पायो। दोस्रो गोल साडियो मानेले गरे।

भिल्लारियलको बलियो डिफेन्सबीच पहिलो हाफमा कुनै गोल निस्कन सकेन। खेलको ५३ औँ मिनेटमा पर्भिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता बनायो।

पहिलो गोल भएको दुई मिनेटपछि नै साडियो मानेले मोहम्मद सलाहको पासमा दोस्रो गोल गरे।

घरेलु मैदानमा सहज जितसँगै लिभरपुल फ्रान्स राजधानी पेरिसमा हुने फाइनल नजिक छ। अब दोस्रो लेग भिल्लारियलको मैदानमा हुनेछ। जुन खेलमा लिभरपुललाई बराबर काफी हुनेछ।