September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

च्याम्पियन्स लिग : घरेलु मैदानमा सिटीकाे जित

युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेकाे छ ।

Advertisement

सिटीले स्पेनिस क्लब रियल मड्रिडमाथि ४-३ अन्तरकाे जित निकालेकाे हाे।

Advertisement

सिटीकाे घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रित रहँदा पहिलो लेगमै सात गोल प्रहार भयाे।

सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रियल जेसस, फिल फोडेन र बर्नान्डाे सिल्भाले १-१ गोल गरे ।

भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे। यस्तै, भिनिसिअस जुनियरले १ गोल गरे।

पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ। पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको विकल्प छैन।

दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ।