दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

- पब्लिक कुरा
- १० बैशाख २०७९
- 45 Shares

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । रोभम्यान पावेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको अवस्था परिवर्तन गर्ने प्रयास गरे पनि दिल्लीलाई हारबाट जोगाउन सकेनन् । पावेलले १५ बलमा ३६ रन बनाए ।
पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको उत्कृष्ट शतक र देवदत्त पदकलको अर्धशतकको मद्दतले दिल्लीलाई २२३ रनको लक्ष्य दिएको थियो। जवाफमा दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाउन सक्यो र खेल १५ रनले पराजित भयो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४ रन बनाए । पृथ्वी शा र ललित यादवले ३७ रनको योगदान दिए । डेभिड वार्नरले २८ रन बनाए । राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिए ।


- मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]
- माेदी बुद्ध जन्मस्थल लुम्बिनीमा
- गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु, नेपालको हवाई इतिहासमा ऐतिहासिक दिन
- आज भारतीय प्रधानमन्त्री माेदी लुम्बिनी आउँदै
- मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ
- मायादेवी–१ को अध्यक्षमा एमालेका लोध विजयी
- मायादेवी–८ को अध्यक्षमा एमालेका मगर विजयी
- बुटवल उपमहानगरमा पाण्डेको फराकिलो अग्रता
- सिद्धार्थनगरमा काँग्रेसको निरन्तर अग्रता, उप-प्रमुखमा राप्रपा अगाडि
- देवदहमा एमाले १३६ मतले अगाडि
-
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९ -
‘धर्म र आस्थाको आधारमा समाज विभाजित हुनुहुँदैन’
२४ बैशाख २०७९
प्रतिकृया दिनुहोस्