May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

इन्टर सहज जितसँगै दोस्रो स्थानमा उक्लियो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार भएको खेलमा इन्टरले भेरोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन निकोलो बारेला र इडेन जेकोले एक–एक गोल गरे । खेलको २२औं मिनेटमा बारेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ३०औं मिनेटमा जेकोले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा ३१ खेल खेलेको इन्टरले ६६ अंक जोडेको छ । पराजित भेरोना ३२ खेलबाट ४५ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । 

Advertisement