May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

उज्वेक्सितानसँग खेल्दै नेपाल

नेपाली राष्ट्रिय फुटसल टोलीले एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा आज (आइतबार) उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा हुने नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । तर, बलियो टोली उज्वेकिस्तानसँग जित निकाल्न नेपाललाई हसज छैन् । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा हात पर्ने बताए ।

नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोक्ने योजना बनाएको छ । तर, जित नै निकाल्न सके छनोटमा ऐतिहासिक सफलता प्राप्त हुनेछ । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

Advertisement