May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

आईपीएल : कोलकत्ताले मुम्बईलाई हरायो

मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।

Advertisement

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

कोलकत्ताको जीतमा पाट कुमिन्स विस्फाेटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहँदै ५६ रन बनाए। भेन्काटेस आयरले ५० रनको योगदान गरे। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए। कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए।

जीतसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। लगातार तेस्रो हार व्यहाेरेकाे मुम्बईले अंक जोड्न सकेको छैन।