May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

घरेलु मैदानमा चेल्सी पराजित, बेन्जेमाको ह्याट्रिक

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँगै ३-१ अन्तरले पराजित भएको छ।

Advertisement

भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जीतमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे। इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे।

बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे।

जीतपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ। अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ।