May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

एसी मिलान घरेलु मैदानमै रोकियो

इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको एसी मिलानले अग्रता बढाउने मौका गुमाएको छ।

Advertisement

लिग अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफमा मैदान छिरेका जाल्टन इब्राहिमोविचले खासै प्रभाव पार्न सकेनन् । उनको आँखाको डिल क्षेत्रमा सामान्य चोट भने लाग्यो । ३१ खेलबाट एसी मिलानको ६७ अंक छ ।

दोस्रो स्थानमा रहेको नापोलीको ६६ अंक रहेको छ ।