म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिभरपुल एक अंकले पछि


म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि पाँचौँ मिनेटमा केविन डी ब्रूयना र २५ औँ मिनेटमा इल्केयी गुण्डोगानले गोल गरेका हुन् । दुवै गोलका लागि रहीम स्ट्रर्लिङले सहयोग गरेका हुन् ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७३ अंक भएको छ।
शनिबार राति भएको खेलमा अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि २२ औँ मिनेटमा जोटा र ८९ औँ मिनेटमा पेनाल्टी मार्फत पाmबिन्होले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको लिभरपुलको ३० खेलबाट ७२ अंक भएको छ।
शनिबार राति नै भएका अरु खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई ४–१ तथा वुल्भ्सले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी तथा लीड्स र साउथह्याम्पटनले समान १–१ तथा ब्राइटन र नर्विचले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिकृया दिनुहोस्