आर्सनलमाथि लिभरपुलकाे जीत, म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै

- पब्लिक कुरा
- २०७८ चैत्र ३
- 1.7K Shares

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २-० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ।
लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक-एक गोल गरे।
जीतसँगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ। शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ।
हारसँगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ।
यता गएराति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २-० अन्तरले पराजित गरेकाे छ। टोटनहमको जीतमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक-एक गोल गरे।
जीतसँगै टोटनहम ४८ अंकसहित सातौं स्थानमा छ। ३३ अंकसहित ब्राइटन १३ औं स्थानमा छ।
- प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः नवलपरासी विजयी
- शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
- प्रदेश सरकारले नमूनायोग्य कामहरू गरेको छः मुख्यमन्त्री आचार्य
- मेयर आवास कार्यक्रमबाट सिद्धार्थनगरका सात परिवारलाई घर बनाइँदै
- प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु
- लुम्बिनी प्रदेशले गौरवको योजनामा अघि बढाएकै सडक निर्माण सुस्त
- विपक्षीले अध्यादेशबारे अनावश्यक भ्रम सिर्जना गरेः बर्तौला
- अब्बल र बस्नयोग्य शहर बुटवल
- स्कुल जान हिंडेकी बालिकाको गुल्मीमा ढुंगाले लागेर मृत्यु
- शान्ति विद्यालय अलुमम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम
-
कलवाइपास गरेको आरोपमा भैरहवाबाट एकजना पक्राउ
२०८१ माघ २५
प्रतिकृया दिनुहोस्