March 18, 2025, Tuesday
२०८१ चैत्र ५

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले पराजित गरेको हो । बार्सिलोनाका लागि फेरान टोरेसले दुई, पिएर एमरिक र मार्तीले एक–एक गोल गरेका हुन् ।

Advertisement

जितपछि २७ खेलबाट ६१ अंकसहित बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएका अरु खेलमा रियल बेटिसले एथ्लेटिको बिल्बाओ तथा रियल सोसिडाडले एलाभेसलाई समान १–० ले पराजित गर्दा रायो भालेकानो र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।