May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

नाइजेरियाले जित्यो समूह चरणका सबै खेल

क्यामरुनमा जारी अफ्रिका कप अफ नेशन्स अन्तर्गत समूह चरणका सबै तीन खेलमा जित निकालेको एकमात्र टिम नाइजेरिया समूह विजेता बनेको छ ।

Advertisement

समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा गिनी बिसाउलाई २–० ले पराजित गरेको नाइजेरिया तीन खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो ।

नाइजेरियाको जितमा ५६ औँ मिनेटमा सादिक र ७५ औँ मिनेटमा ट्रूस्ट–एकोङले गोल गरेका हुन्।

बुधबार राति नै भएको खेलमा सुडानलाई १–० ले पराजित गरेको इजिप्ट दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । इजिप्टको जितमा ३५ औँ मिनेटमा मोहम्मद अहमदले गोल गरेका हुन् । दोस्रो स्थानमा रहेको इजिप्टको ६ अंक छ ।