March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

करिम बेन्जिमाको गोलमा रियल मड्रिडको जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ।

Advertisement

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेको हो।

Advertisement

रियलका लागि ४० औँ मिनेटमा करिम बेन्जिामाले गरेको गोल नै निर्णायक बन्यो । उनले लुका माड्रिकको सहयोगमा गोल गरेका हुन् ।

जितपछि रियल मड्रिडले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग सात अंकको अग्रता कायम गरेको छ । रियलको १५ खेलबाट ३६ अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको २९ अंक छ ।