March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

ग्यारेथ साउथगेट २०२४ सम्म इंग्ल्याण्डको प्रशिक्षक

इंग्ल्याण्डको फुटबल टिमका प्रशिक्षक ग्यारेथ साउथगेटले नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार उनले सन् २०२४ को डिसेम्बरसम्म राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन् ।

साउथगेटको यसअघिको सम्झौता आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलपछि सकिँने थियो । उनी सन् २०१६ को नोभेम्बरदेखि इंग्ल्याण्डको प्रशिक्षक छन् ।

साउथगेटले इंग्ल्याण्डलाई गएको जुलाईमा इंग्ल्याण्डलाई युरोपकको फाइनलसम्म लैजान सफल भएका थिए । पछिल्लो ५५ वर्षमा इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमले प्रमुख प्रतिस्पर्धामा यहाँसम्मको यात्रा तय गरेको पहिलो पटक हो ।

Advertisement