March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लिग वानमा मेस्सीको पहिलो गोल

लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गर्दा १० खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेनले नान्टेसलाई हराउँदै शीर्ष स्थानमा १३ अङ्कको बनाउन सफल भएको छ । मेस्सीले खेल सकिन तीन मिनेट बाँकी छँदा २० यार्ड टाढाबाट गोल गरेका हुन् ।

खेलमा किलियन एम्बाप्पेले पीएसजीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा गोलकिपर केलर नाभासले रातो कार्ड खाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो । यसको फाइदा उठाउँदै नान्टेसले बराबरी गोल फर्कायो ।

खेलको ८१ औँ मिनेटमा डेनिस अपियाले आत्मघाती गोल गरेपछि पीएसजीले पुनः अग्रता लियो भने मेस्सीले अन्त्यमा गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । १४ खेलमा १२ औँ जीत हासिल गर्दै पीएसजीले ३७ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ ।

Advertisement