March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बेल्जियमलाई बराबरीमा रोकेको वेल्स प्लेअफमा स्थान बनाउन सफल

विश्वविजेता फ्रान्ससँग पराजित भएसँगै फिनल्याण्डको आउँदो विश्वकप खेल्ने सपना टुटेको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा फिनल्याण्ड फ्रान्ससँग २–० ले पराजित भएको हो ।

Advertisement

भ्रमण टोली फ्रान्सका लागि ६६ औँ मिनेटमा करिम बेन्जिमा तथा ७६ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेका हुन् । पराजित भएको फिनल्याण्ड तेस्रो स्थानमा झरेकाले प्लेअफमा स्थान बनाउन असफल भएको हो ।

Advertisement

बोजनिया हर्जगोविनालाई २–० ले पराजित गरेको युक्रेन दोस्रो स्थानमा उक्लिएर प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

फ्रान्सको ८ खेलबाट १८ अंक भएको छ । दोस्रो स्थानको युक्रेनको १२ तथा तेस्रो स्थानको फिनल्याण्डको ११ अंक भएको छ ।

समूह ई अन्तर्गत मंगलबार राति नै भएको खेलमा बेल्जियमसँग १–१ को बराबरी खेलेर वेल्सले प्लेअफमा स्थान पक्का गरेको छ । बेल्जियमका लागि १२ औँ मिनेटमा केविन डी ब्रूयना तथा वेल्सका लागि ३२ औँ मिनेटमा केइफर मूरले गोल गरेका हुन् ।

विश्वकपमा यसअघि नै छानिएको शीर्ष स्थानको बेल्जियमको ८ खेलबाट २० तथा दोस्रो स्थानको वेल्सको १५ अंक भएको छ । इस्टोनियालाई २–० ले पराजित गरेर पनि एक अंकले पछि परेको चेक गणतन्त्रले प्लेअफमा स्थान बनाउन सकेन ।